विशेष रौतहट र सर्लाहीमा यसरी हुँदैछ मतदान (फोटोफिचर)
Ujyaalo

सर्लाही, मंसिर २१ – सर्लाही र राैतहटमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । प्रतिनिधिसभामा चार र प्रदेशसभामा ८ निर्वाचन क्षेत्र रहेको सर्लाहीमा ३ लाख ८५ हजार ५ सय ८० मतदाता छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालका अनुसार जिल्लाका ३ सय १८ मतदान स्थल अन्तर्गत रहेका ५ सय १६ मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान चलिरहेको हो ।

यस्तै प्रतिनिधिसभामा चार र प्रदेशसभामा ८ वटै निर्वाचन क्षेत्र रहेको रौतहटमा ३ लाख २९ हजार ८ सय ६१ मतदाताले मतदान गर्दैछन् ।

 

Share It

Post Comments
थप विशेष