विशेष कैलालीमा २० प्रतिशत मतदान
Ujyaalo

नवराज पनेरु/उज्यालो ।

कैलाली, मंसिर २१ –कैलालीमा साढे १० बजे सम्ममा २० प्रतिशत मतदान भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लाका ५ वटै चुनाव क्षेत्रमा २० प्रतिशत मतदान भएको हो ।

कैलालीमा ४ लाख ६० हजार मतदाता रहेका छन् । क्षेत्रीय निर्वाचन अधिकारी मोहन अर्यालका अनुसार बिहान कुहिरो र चिसोका कारणले कमै मतदाताले मतदान गरेपनि अहिले मौसममा सुधार भएकाले मतदाताको भीड बढिरहेको छ ।

यस्तै धनगढी र गौरीगंगा नगरपालिकामा बम फेला परेपछि सुरक्षा व्यवस्था मजवुत पारिएकोे कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभएको छ । जिल्लाभर झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

कैलालीमा प्रतिनिधिसभाका लागि ६ महिला सहित ४३ र प्रदेशसभामा पनि ६ महिला सहित ७८ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । २ सय ३१ मतदान स्थलका ५ सय ३८ मतदान केन्द्रमै शान्तिपूर्ण रुपमा मतदान भैरहेको क्षेत्रीय निर्वाचन अधिकारी मोहन अर्यालले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप विशेष