विशेष तस्बिरमा शीर्ष नेताहरुको मतदान
Ujyaalo

काठमाडौं, मंसिर २१ –प्रधानमन्त्री सहित शीर्ष नेताहरुले विभिन्न मतदान गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ स्थित असीग्राम उच्चमाविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यबिनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट दिउसो २ बजे मतदान गर्दै हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ को लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका२ स्थित रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट भोट गर्नुभएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ को सत्यवती मावि र महामन्त्री डाक्टर शशांक कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकको भ्याली स्कूल केन्द्रमा मतदान गर्नुभएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर माविबाट मतदान गर्नुभएको छ ।

नेकपा एमाले स्थायी समिति सदस्य एंव प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर २ (क) का उम्मेदवार शंकर पोख्रेलले तुल्सीपुर उपमहानगरपालिका वडा नं १९ स्थित जनता विद्यापिठ केन्द्र बिजौरीबाट मतदान गर्नुभएको छ ।

पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडाै‌‌ महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

कांग्रेसका नेता शेखर कोइरालालले विराटनगर महानगरपालिकाको आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

कांग्रेसका नेता नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार तथा कांग्रेस नेता गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

विजयकुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिकाबाट मतदान गर्नुहुनेछ ।

पूर्व उपप्रधानमन्त्री तथा माओवादी नेता टोपबहादुर रायमाझीले सन्धिखर्क –९, को अर्घा रजस्थल मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

माओवादी केन्द्रकी पम्फा भुसालले कुपण्डोलले राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पौडेलले बुटवल –८, मा रहेको सडक विभाग केन्द्रको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

रुपन्देही २ का कांग्रेस उम्मेदवार युवराज गिरीले बुटवल –७ स्थित सिद्धेश्वर मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मतदान गर्नुभएको छ ।

एमालेका उपाध्यक्ष भीम रावलले अछामको साफेबगर नगरपालिका– ६, स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा मतदान गर्नुभएको छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

एमाले उपमहासचिव घनश्याम भुसालले तिलोत्तमा नगरपालिका नगरपालिका ९ मणिग्राबाट र बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट मतदान गर्नुभएको छ ।

नवलपरासी बसुप निर्वाचन क्षेत्र नं १ नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधि सभा उम्मेदवार बनेका हृदयेश त्रिपाठीले जन जागृति मावि गुठीपरसौनी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

विना विभागिय मन्त्री उम्मेदवार सन्तकुमार थारुले बारबर्दिया नगरपालिको वडा नम्बर २ जोगीगाउँको युवक मावि ख मतदान केन्द्रबाट विहान ७।२० मतदान गर्नुभएको छ ।

एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिकाबाट र प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ बम्घा निमावि मतदान केन्द्रबाट अर्का एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका ११ बाट मतदान गर्नुभएको छ ।

पूर्वमन्त्री एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्माले प्युठानको स्वर्गद्वारी क्याम्पस मतदान केन्द्रबाट, गिरिराजमणि पोखरेलले महोत्तरीको वर्दिवास नगरपालिका – ३ को गौरीडाँडाबाट, प्रभु साहले रौतहटको मौलापुर नगरपालिका – ५ स्थित मौलापुरबाट र माओवादीका दुई नम्बर प्रदेश इञ्चार्ज समेत रहेका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ को रामप्रसाद मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दुर्गा खोभारी जनता माविबाट मतदान गर्नुभएको छ ।

राजपाकै नेता अनिलकुमार झाले रौतहटको दुर्गाभगवतीको सँस्कृत मावि केन्द्रबाट, शरतसिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकाको औरही मावि केन्द्रबाट र मनिष कुमार सुमनले राजविराजबाट मतदान गर्नुभएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्षक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

 

Share It

Post Comments
थप विशेष