विशेष गुल्मीका उम्मेदवारले यसरी गरे मतदान
Ujyaalo

गल्मी, मंसिर २१ –गुल्मीका सबै उम्मेदवारले भोट हालेका छन् । प्रतिनिधिसभा उम्मेदवारमध्ये क्षेत्र नं. १ मा एमाले सचिव तथा वाम गठबन्धनका उम्मेदवार प्रदिप ज्ञवालीले रुरु गाउँपालिका अन्र्तगत चौतारा निमावि बंघा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का उम्मेदवार चन्द्र भण्डारीले छत्रकोट गाउँपालिकाको हुँगा स्थित जनजागृति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमाले सचिव एवं वामगठबन्धन उम्मेदवार गोकर्ण विष्टले इस्मा गाउँपालिकाको रामराज्य मावि दोहोली केन्द्रबाट मतदान गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र केसीले रेसुङ्गा नगरपालिकाको भाडगाउँ मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

यस्तै क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा वाम गठबन्धन उम्मेदवार सुदर्शन बरालले चन्द्रकोट गाउँपालिकाको बालबोध निमावि झारखर्क मतदान केन्द्रबाट मतदान गर्नुभयो । त्यस्तै क्षेत्र नम्बर १ को ‘क’ का कांग्रेसका उम्मेदवार पृथ फौजदारले चन्द्रकोट गाउँपालिकाको उदय मावि शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नुभयो । यस्तै क्षेत्र नम्बर १ को ‘ख’ बाट वामगठबन्धन उम्मेदवार कमलराज श्रेष्ठले रुरु गाउँपालिका स्थित राष्ट्रिय मावि थोर्गाबाट मतदान गर्नुभयो ।

त्यस्तै क्षेत्र नम्बर १ को ‘ख’ का कांग्रेसका उम्मेदवार धनेन्द्र कार्कीले गुल्मी दरवार गाउँपालिकाको गंगा निमावि मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ बाट वाम गठबन्धन उम्मेदवार खडग केसीले मुसिकोट नगरपालिकाको सारदा विद्या मावि वामी मैदान मतदान गर्नुभयो । यस्तै क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ का कांग्रेसका उम्मेदवार शालिक पन्थीले रेसुङ्गा नगरपालिका महेन्द्र मावि तम्घासबाट गर्नुभयो ।

त्यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का वामगठबन्धन उम्मेदवार दिनेश पन्थीले धुर्कोट मदाने गाउँपालिकाको दिपक मावि भनभने मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
 

त्यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का कांग्रेस उम्मेदवार छन्दबहादुर पहराईले शोमरभोर मावि हाडहाडे मतदान केन्द्रबाट मतदान गर्नुभयो । गुल्मीमा २ निर्वाचन क्षेत्र र ४ प्रदेशसभा तर्फ ५२ जना उम्मेदवार चुनावी मैदान छन् ।

Share It

Post Comments
थप विशेष