विशेष बदिर्यामा तीन मन्त्रीसहित एमाले उपाध्यक्षले गरे मतदान
Ujyaalo

भावुक योगी/उज्यालो । 

बर्दिया, मंसिर २१ –प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको चुनाव बर्दियामा शान्तिपूर्ण रुपमा भैरहेको छ ।

बर्दियाका ८ वटै स्थानीय तहहरुमा २ वटा प्रतिनिधि र ४ वटा प्रदेशसभा सदस्य पदका लागि कडा सुरक्षाबीच चुनाव शान्तिपूर्ण रुपमा भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाताहरु बिहानैदेखि लाइनमा बसेर मतदान गरिरहेका छन् । बर्दियामा  २ लाख ७२ हजार ४ सय ७७ मतदाता छन् । बर्दियाका १ सय ५३ मतदान स्थल अन्र्तगत ३ सय २९ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियाका ७५ वटा वडाहरुमा निर्वाचन शान्तिपूर्ण भैरहेको छ ।बर्दियामा खुला सिमाना, भौगोलिक विकटता, जंगलक्षेत्र लगायत वन्यजन्तुको संवेदनशिलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । 

बर्दियाबाट हेभिवेट उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतम, सिँचाईमन्त्री संजयकुमार गौतम, भूमिसुधार मन्त्री गोपाल दहित र विना विभागीय मन्त्री सन्तकुमार थारुले केन्द्रबाट मतदान गरेका छन् ।

वामदेव गौतमले बाँसगढी नगरपालिका वडा नम्बर –८, को त्रिभुवन मावि ककौरा मतदान केन्द्रबाट, सञ्जयकुमार गौतमले गुलरिया नगरपालिका वडा नम्बर –५, को बालमन्दिर गुलरिया मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

त्यस्तै गोपाल दहितले राजापुर नगरपालिका वडा नम्बर २ को ज्ञानज्योति प्रावि सोहरिया मतदान केन्द्र र सन्तकुमार थारुले बारबर्दिया नगरपालिका वडा नम्बर २ को युवक मावि जोगीगाउँ मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । 

 

Share It

Post Comments
थप विशेष