विशेष गाडी नचलेर भोट हाल्न नपाएका वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन्–थकथक लागिरहेको छ
Ujyaalo

काठमाडौँ, मंसिर २१ – मतदानका दिन सार्वजनिक गाडी नचल्दा वरिष्ठ पत्रकार भैरव रिसाल मतदान गर्नबाट बञ्चित हुनुभएको छ । काठमाडौंको अनामनगरमा बस्दै आएका ९० वर्षका रिसाल परिवारका अरु सदस्यले अनामनगरबाटै मतदान गरेको तर आफूलाई भक्तपुरको दधिकोटसम्म पुग्न गाडी नभएकाले मतदान गर्न नपाएको जानकारी दिनुभयो ।

उहाँको नामावली सूर्यबिनायक नगरपालिका ४ भक्तपुरको दधिकोटमा छ । उहाँको मतदान केन्द्र अरनिको उच्च मावि, दधिकोट हो । गाडीको पास नहुँदा स्थानीय तहको चुनावमा पनि मतदान गर्न नपाएको उहाँले बताउनुभयो । ‘चुनावमा भोट हाल्ने धेरै रहर थियो उज्यालो अनलाईनसँग उहाँले भन्नुभयो, भोट हाल्न नपाउँदा आफूलाई थकथक लागिरहेको छ ।’ रिसालले पहिलो पटक २०१५ सालमा मतदान गर्नुभएको थियो । अझैपनि कसैले मतदान केन्द्रसम्म पुर्याइदिए आफू खुशी हुने उहाँको भनाई छ ।

 

Share It

Post Comments
थप विशेष