विशेष प्रदेश ४ : मतदानमा १ सय १५ वर्षिया वृद्धादेखि ‘हेभिवेट’ नेताहरुसम्म (फोटो फिचर)
Ujyaalo

काठमाडौं, मंसिर २१ – प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । 

दुई लाख १० हजार ३८ मतदाता रहेको स्याङ्जाका सबै मतदान केन्द्रमा मतदान सुरु मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो । त्यस्तै, दुई लाख २१ हजार ७१४ मतदाता रहेको नवलपरासी, दुई लाख ११ हजार ३९६ मतदाता रहेको तनहुँ, दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्की, दुई लाख १० हजार ३८ मतदाता रहेको स्याङ्जा र एक लाख सात हजार ३०३ मतदाता रहेको पर्वतमा पनि मतदान सुरु भएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

चुनावमा मतदाता उत्साहपूर्वक रुपमा मतदानमा सहभागी भएका छन् ।

Share It

Post Comments
थप विशेष