विशेष बोल्न नसक्ने सय वर्षकी फगुनीले इशाराले नै भोट हाल्न जान्छु भनेपछि...
Ujyaalo

बर्दिया, मंसिर २१ –बोल्न नसक्ने बर्दियाकी १ सय वर्षीया फगुनी थारुले ३ किलोमिटर बोकिएर भोट हाल्नुभएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मानपुरकी सय वर्षकी फगुनी थारुले चुरे माविको ‘ख’ केन्द्रबाट मत हाल्नुभएको हो । बोल्न नसक्ने फगुनीले भोट हाल्ने इच्छा देखाएपछि नाती दिनेश थारुले बोकेरै मतदान केन्द्रमा पुर्‍याउनुभएको थियो ।

यो अवसर नै भोट हाल्ने अन्तिम अवसर हुन सक्ने भन्दै हजुरआमाले भोट हाल्ने इच्छा देखाएकाले ३ किलोमिटरको बाटो बोकेर हजुरआमालाई मतदान केन्द्रमा ल्याएको नाती दिनेशले उज्यालोलाई जानकारी दिनुभयो । फगुनी थारुलाइ मत हाल्न र बाकसमा खसाल्न नातीले नै सघाउनुभएको थियो ।

 

Share It

Post Comments
थप विशेष