विशेष काठमाडौंको मत गणना भोलि मात्र हुने
Ujyaalo

प्रकाश ढकाल/उज्यालो ।


काठमाडौं, मंसिर २१ – काठमाडौंको मत गणना शुक्रबार बिहानदेखि मात्र सुरु हुने भएको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं मतपेटिका संकलनका लागि मध्यरातिसम्म लाग्ने भएकाले शुक्रबार मात्र गणना थालिने प्रमुख निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन अधिकृत पोखरेलले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘मत पेटिका संकलनका लागि राति १ बजेसम्म लाग्ने अनुमान गरेका छौं । दलका नेताहरुले थाकेकाले राति सर्वदलीय नराख्न आग्रह गरेपछि गणना भोलि बिहानबाट सुरु गर्ने भएका छौं ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान ६ बजे राष्ट्रिय सभागृहमा सर्वदलीय बैठक बोलाएको छ ।

पाँच ठाउँमा मतगणना

मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको मतगगणना पाँच ठाउँमा गर्ने जनाएको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ । क्षेत्र नम्बर ५ र ७ को नयाँ बानेश्वरमा रहेको सहकारी विकास विभागको तालिम केन्द्रमा र ९ र १० क्ष्ेत्रको गणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गणना हुनेछ । त्यस्तै ८ नम्बर क्षेबको गणना बबरमहलमा रहेको वन परिसर र ६ को जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा मतगणना हुनेछ ।

Share It

Post Comments
थप विशेष