विशेष प्रदेश नं १ आजको चुनाव (फोटो फिचर)
Ujyaalo

काठमाडौँ, मंसिर २१ – प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको मतदान बिहिबार भएको छ । दोस्रो चरणको मतदामा प्रदेश नं. १ मा ७ वटा जिल्लामा आज मतदान भइरहेको छ । यी जिल्लामा २१ वटा निर्वाचन क्षेत्र रहेका छन् । यसअघि सातवटा जिल्लाका सात वटा निर्वाचन क्षेत्रमा चुनाव भैसकेको छ । प्रदेश नम्बर एकका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र रहेका छन् । आज चुनाव हुने मोरङमा ६, झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २/२ क्षेत्र छन् भने धनकुटा र तेह्रथुममा एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर एकका २९ लाख ९३ हजार ७ सय ७४ मतदाता रहेका छन् । प्रदेश नं. १ मा बिहिबार भएको मतदानमा वृद्ध, महिला किरियापुत्री लगायत मतदाताको सक्रिय सहभागिता रहेको थियो ।

Share It

Post Comments
थप विशेष