विशेष रोल्पामा सुरु भयो मतगणना, तार बाहिरबाट यसरी हेर्दैछन् प्रतिनिधि
Ujyaalo

रोल्पा, मंसिर २१ – पहिलो चरणमा चुनाव भएका प्रदेश नम्बर ५ का २ वटा जिल्लामध्ये रोल्पामा मतगणना सुरु भएको छ ।

घरेलु उद्योग विकास शाखामा रहेको रोल्पाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भैरहेको छ । प्रतिनिधिसभाको लागि २ ठाउँमा र प्रदेशसभाको लागि २ ठाउँमा गणना भैरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ७० हजार मत खसेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको लागि १ क्षेत्र रहेको रोल्पामा वाम गठबन्धनका तर्फबाट वर्षामान पुन उम्मेदवार हुनुहुन्छ भने कांग्रेसका तर्फबाट अमरसिंह पुन उम्मेदवार हुनुहुन्छ ।

यस्तै, प्रदेशसभा (क)मा माओवादीका कुलप्रसाद केसी र कांग्रेसका शेरबहादुर महरा प्रतिस्पर्धामा हुनुहुन्छ ।
यस्तै, प्रदेशसभा (ख)मा माओवादीका दिपेन्द्रकुमार पुन र कांग्रेसका खगेन्द्रप्रकाश हमाल प्रतिस्पर्धामा हुनुहुन्छ । मतगणना भैरहेका ठाउँमा तारजाली लगाइएको छ । दलका प्रतिनिधिले तारबाहिरबाट चिहाइरहेका छन् ।

 

Share It

Post Comments
थप विशेष