विशेष दोलखाको अन्यौल हट्यो, मतगणना सुरु गर्न निर्वाचन आयोगको आदेश
Ujyaalo

उषा तामाङ/उज्यालो ।

दोलखा, मंसिर २१ – दोलखामा केही समय पछि मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले मतगणना सुरु गर्न आदेश दिएपछि केहीबेरमा मतगणना सुरु हुने भएको हो ।

गौरीशंकर गाउँपालिकाका केही मतदान केन्द्रमा धाँधली भएको भन्दै नेपाली का‌ंग्रेसले पुन मतदानको माग गरेर जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएकोले मत गणना कहिले सुरु गर्ने भन्नेबारे अन्योल भएको थियो ।

जिल्ला अदालत दोलखाको ३ वटा छुट्टा छुट्टै कोठामा मगतणना गरिने छ । प्रत्येक कोठामा ७ जना कर्मचारी खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कट्वालले जानकारी दिनुभयो ।


जिल्ला अदालत परिषरमा म्यादी प्रहरीको साङलो बनाई सुरक्षा दिइएको छ । यस्तै, जिल्ला अदालत प्रवेश गर्ने सम्पूर्ण ठाउँमा तारजाली लगाइएको छ । पास नलिएकालाई भित्र प्रवेश गर्न नदिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप विशेष