विशेष रुकुम पूर्वमा वाम गठबन्धन नेपाली कांग्रेसभन्दा दोब्बर मतले अगाडि
Ujyaalo

रुकुम, मंसिर २१ –रुकुम पूर्वमा अहिलेसम्म २ हजार ३ सय ६७ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार कमला रोका कांग्रेसका हरिशंकर घर्तीभन्दा दोब्बर मतले अघि हुनुहुन्छ ।

रोकाले १ हजार १ सय १९ मत, नेपाली काग्रेसका उम्मेदवार हरिशंकर घर्र्तीले ६ सय ७३ मत, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २४९, नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले ६४ र मंगोल नेसनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले २७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिनुभयो । अहिलेसम्म १ सय ४ मत बदर भएको छ ।

Share It

Post Comments
थप विशेष