विशेष भोजपुरमा प्रतिनिधिसभातर्फ कांग्रेस, प्रदेशसभामा शेरधन अगाडि
Ujyaalo

काठमाडौं, मंसिर २१– भोजपुरमा प्रतिनिधिसभामा नेपाली कांग्रेस र प्रदेशसभामा वाम गठबन्धनले अग्रता लिएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका उमेशजंग रायमाझी २८ मतले अगाडि हुनुहुन्छ ।

उहाँले ७ सय २८ मत र माओवादी केन्द्रका सुदन किरातीले ७ सय मत पाउनु भएको छ । प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडि छन् । प्रदेशसभा (क) मा एमालेका राजेन्द्रकुमार राईले ३ सय ७३ मत र संघीय समाजवादी फोरमका अजम्बर काङमाङ ३ सय ४९ मत पाउनु भएको छ ।

प्रदेशसभाको (ख) मा एमाले शेरधन राई झण्डै दुई सय मतले अगाडि हुनुहुन्छ । उहाँले ४ सय ६७ मत र नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले २ सय ७१ मत पाउनु भएको छ ।

 

Share It

Post Comments
थप विशेष