विशेष ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई दोब्बर मतले अगाडि
Ujyaalo

केशवप्रसाद भट्टराई/उज्यालो ।

ताप्लेजुङ, मंसिर २२ –ताप्लेजुङमा एमाले सचिवसमेत रहेका योगेश भट्टराईले अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २७०४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले ११६१ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा ‘क’ मा वामगठबन्धनका उम्मेदवार सुरेन्द्र साम्सोहाङले अग्रता लिनुभएको छ । उहाँले ७ सय १ मत प्राप्त गर्नु भएको छ भने नेपाली काग्रेसका लिलादेवी बोखिमले ४ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका माओवादी उम्मेदवार टंंक आङ्बुहाङले ५ सय ७२ मत प्राप्त गरि अग्रता लिनुभएको छ । नेपाली कांग्रेसका दिपेन्द्रकुमार सेन्दाङले ३ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप विशेष