
मुस्ताङ, मंसिर २२ –मुस्ताङमा वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन विजयी हुनुभएको छ । उहाँले ३५४४ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले ३१८१ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभातर्फ एक क्षेत्र रहेको मुस्ताङमा कुल ९४२७ मतदाता रहेकोमा ६७७३ मत मात्र खसेको थियो ।
त्यस्तै प्रदेशसभा ‘क’ मा एमालेका इन्द्रधारा दाडु विष्ट विजयी हुनुभएको छ । उहाँले ११६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिक्युर गुरुङले ६५७ मत ल्याउनुभएको छ ।
Share It
Post Comments
थप विशेष