विशेष एमालेमा आएको चार महिनामै बाजी मारे प्रेमप्रसाद तुलाचनले
Ujyaalo

काठमाडौं, मंसिर २२ –देश संघीय संरचनामा गैसकेपछि भएको पहिलो प्रतिनिधिसभाको चुनावमा प्रेमप्रसाद तुलाचन पहिलो विजयी उम्मेदवार बन्नुभएको छ ।

उहाँले ३५४४ कत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व मन्त्री रोमी गौचन थकालीले ३१८१ मत प्राप्त गर्नुभएको छ ।

प्रेमप्रसाद तुलाचनको जन्म २०१८ सलाको माघमा मुस्ताङको लेतेमा भएको हो । गण्डकी स्कुल पोखराबाट एसएलसीसम्मको शिक्षा हासिल गरेका तुलाचनले पोखराकै पृथ्वीनारायण क्याम्पसबाट व्यावस्थापन संकायमा प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा पूरा गर्नुभएको छ ।

२०४७ सालमा नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका प्रेमप्रसाद तुलाचन अहिले नेकपा एमालेमा आवद्ध हुनुहुन्छ । २०४७ सालमा नेपाली कांग्रेसको साधारण सदस्य भएका तुलाचन २०४८ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङको कोषाध्यक्ष हुनुभयो । २०५४ सालमा स्थानीय तहको निकायको चुनावबाट जिविस मुस्ताङको निर्विरोध सदस्य हुनुभएको थियो ।

२०७० सालको चुनावमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका तुलाचन १२ मतले पराजित हुनुभएको थियो । त्यसपछि कांग्रेसले उहाँलाई ५ वर्षको लागि पार्टीबाट निष्कासन गर्‍यो । २०७४ सालको साउनमा प्रेमप्रसाद तुलाचन एमालेमा प्रवेश गर्नुभएको हो ।

Share It

Post Comments
थप विशेष