विशेष नुवाकोट २ मा अर्जुन नरसिंह केसी पछाडि
Ujyaalo

नुवाकोट, मंसिर २२ – नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी पछाडि पर्नुभएको छ । उहाँले ६७९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले ८८८ मत प्राप्त गर्नुभएको छ । केसी खतिवडाभन्दा २०९ मतले पछाडि हुनुहुन्छ ।

त्यस्तै नुवाकोट क्षेत्र नम्बर १ मा भने नेपाली कांग्रेसका उम्मेदवार डाक्टर रामशरण महत १४११ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार हितबहादुर तामाङले १०११ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप विशेष