विशेष पहिलो महिला छापामार बनिन् माननीय
Ujyaalo

काठमाडौं, मंसिर २२ –२०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी कमला रोका २०४६ सालदेखि राजनीतिमा लाग्नुभएको हो ।

जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला रोका कक्षा १० कक्षा परीक्षा नदिँदै भूमिगत हुनुभएको थियो ।

२०५३ सालमा माओवादीको जिल्ला समिति सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य हुनुभयो । उहाँ तत्काली माओवादीले थालेको जनयुद्धको पहिलो महिला छापामार पनि हुनुहुन्छ ।

रुकुमको अति दुर्गम क्षेत्रमा किसान परिवारमा जन्मेकी कमला लेखक पनि हुनुहुन्छ । उहाँले वृत्तचित्र अभिनय पनि गर्नुभएको छ ।

उहाँ अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र ‘सारी सोल्जर’का पात्रहरूमध्ये एक हुनुहुन्छ । उहाँ माओवादीको युवा सङगठन वाइसिएलका पूर्व अध्यक्ष गणेशमान पुनकी श्रीमती पनि हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष