विशेष नुवाकोटमा रामशरण र अर्जुननरसिंह दुबै पछाडि
Ujyaalo

नुवाकोट, मंसिर २२ – नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी पछाडि पर्नुभएको छ ।

उहाँले १९७० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले ३०७० मत प्राप्त गर्नुभएको छ । केसी खतिवडाभन्दा ११०० मतले पछाडि हुनुहुन्छ ।

त्यस्तै नुवाकोट क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसका उम्मेदवार डाक्टर रामशरण महत माओवादी उम्मेदवारभन्दा पछाडि हुनुहुन्छ । उहाँले २८८३ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप विशेष