विशेष सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर २२ – सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार अग्निप्रसाद सापकोटाको अग्रता कायमै रहेको छ ।

उहाँको १० हजार ४ सय ३३ मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतको ६ हजार १ सय ६० मत रहेको छ ।

क्षेत्र नम्बर २ मा पनि एमालेका शेरबहादुर तामाङको अग्रता कायम रहेको छ । तामाङको ८ हजार ६ सय ४९ मत रहेका छ भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पशुपति शम्शेर जवराको ८ हजार ९ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष