विशेष कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
Ujyaalo

हेमराज शर्मा, दाङ, मंसिर २२ - दाङको क्षेत्र नम्बर २ को मतगणना विहान साढे ८ बजेदेखि सुरु भएको छ । कृष्ण बहादुर महरा र राजु खनालको कडा टक्कर हुने अनुमान गरिएको दाङ २ मा सबैको चासो छ । त्यसै क्षेत्रबाट प्रदेशसभामा एमालेका नेता शंकर पोख्रेल उम्मेदवार भएकाले पनि दाङ २ चासोको क्षेत्र बनेको छ ।

कृष्ण बहादुर महरा र शंकर पोख्रेल विहानै मतगणना स्थलमा पुगेका थिए । मतगणना भैरहेको कोठा बाहिर उनिहरु चिया खाएर कार्यकर्तासँग गफ गर्दै बसिरहेका छन् । चुनावी प्रचारप्रसारमा पनि सँगै हिँडेका महरा र पोख्रेल गणनामा पनि सँगसँगै छन् ।

Share It

Post Comments
थप विशेष