विशेष लमजुंग र ललितपुरमा कांग्रेस र माओवादीको टक्कर: विवेकशीलका उज्वल पछि पछि
Ujyaalo

काठमाडौं, मंसिर २२ – प्रतिनिधिसभा चुनावको पछिल्लो मतगणना अनुसार, अहिले मतगणना भैरहेका लमजुङ र ललितपुरका दुईटा निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको कडा टक्कर देखिएको छ ।
लमजुङमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ र कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीका बिचमा अहिले सबैभन्दा कडा प्रतिस्पर्धा देखिएको छ । गुरुङ ८ हजार ६ सय ७७ र घर्तीले ८ हजार ४ सय ७८ मत ल्याएर सरदर २ सय मतको अन्तरमा प्रतिस्पध्र्दा गर्दै हुनुहुन्छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रकी पम्फा भूषाल र कांग्रेसका मदनबहादुर अमात्य बिचमा पनि निकै कडा प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक मत अनुसार, नेपाली कांग्रेसका मदन अमात्यले ४ हजार ८ सय २९ मत ल्याउनु भएको छ भने बाम गठबन्धनकी पम्फा भुसालले ४ हजार २ सय २९ मत ल्याउनु भएको छ । उहाहरुबीच करीब ६ सय मतको अन्तर छ ।
ललितपुरको निर्वाचन क्षेत्र नंवर ३ मा थोरै मत ल्याएर पनि विवेकशील साझाका उम्मेद्वार उज्वलकृष्ण श्रेष्ठ तेस्रो स्थानमा हुनुहुन्छ । श्रेष्ठले ६ सय ६९ मत पाउनु भएको छ ।

 

 

Share It

Post Comments
थप विशेष