विशेष पाल्पाली उम्मेदवार भन्छन् : गाडीमा स्पिकर नबजाउँदा मलामी हिँडे जस्तो भो
Ujyaalo

देब पचभैया/उज्यालो ।

पाल्पा, मंसिर ७ – पाल्पाका राजनैतिक दल र उम्मेदवारहरुले चुनावी प्रचार–प्रसारको क्रममा गाडीमा स्पिकर बजाउन पाउनुपर्ने माग गरेका छन् ।

निर्वाचन आचार संहिता र शान्ति सुरक्षालगायतका बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय छलफलमा बोल्दै नेपाली काग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे, नेकपा एमालेका नेता यादवबहादुर रायमाझी, नेकपा माओवादी केन्द्रका नेता नेत्र पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका मोहनकुमारी थापालगायतका नेताहरुले चुनावको प्रचार–प्रसारमा हिँडेको गाडीमा चुनावी प्रचार सामग्री बजाउन पाउनुपर्ने माग गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले आचार संहिता विपरीत गाडीमा चुनावी प्रचार सामग्री बजाउँदै हिँडेको भन्दै त्यसो नगर्न आग्रह गरेपछि छलफलमा सहभागी राजनैतिक दलका प्रतिनिधिहरुले माइक नबजाउँदा मलामी हिँडेजस्तो भएको प्रतिक्रिया दिएका छन् ।

गुपचुप हिँड्दा जनताले वास्तै गरेन्न् , नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नेत्र पाण्डेले भन्नुभयो ‘ठूला माइक बजाएका छैनाँै, साना स्पिकर बजाउँदा अरुलाई असर परेको छैन ।’ चुनावी सभा–सम्मेलनमा मात्रै साना आवाजको माइक (स्पिकर) प्रयोग गर्ने पाउने बताउँदै मुख्य निर्वाचन अधिकृत बरालले गाउँ, शहर सबै ठाउँमा चुनावी गीत र भोट मागेको र निर्वाचन सामग्री बजाउँदै हिँडेकाले त्यसो नगर्न चेतावनी दिनुभयो ।

 

Share It

Post Comments
थप विशेष