
झापा, मंसिर २२ – झापामा विहान ११ बजेसम्ममा मतगणना शुरु गर्ने तयारी भइरहेको छ । सवै मतपेटिका जिल्ला सदरमुकाम चन्द्रगढीमा संकलन भइसकेको छ । क्षेत्रगत रुपमा सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी रहेको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो ।
झापाका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका सुरेन्द्र कार्की क्षेत्र नम्बर ३ मा काँग्रेसका कृष्णप्रसाद सिटौला र वाम गठबन्धनको समेत समर्थन पाएका राप्रपाका राजेन्द्र लिङदेनबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
Share It
Post Comments
थप विशेष