विशेष पहिलो चरणको चुनाव: माओवादी भन्दा पनि पछि पर्यो काँग्रेस
Ujyaalo

काठमाडौं, मंसिर २२ -  पहिलो चरणमा चुनाव भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस माओवादी भन्दा पनि पछि पर्ने स्पष्ट संकेत देखिएको छ । मतगणना भैरहेका ३६ क्षेत्रमा नेपाली काँग्रेसले जम्मा ४ ठाउँमा अग्रता लिएको छ, जबकी माओवादीले १३ ठाउँमा अग्रता लिएको छ ।
पछिल्लो अपडेटअनुसार एमालेले मनाङ र मुस्ताङमा जितेको छ भने माओवादीले पुर्वी रुकुममा जित हात पारेको छ । एमालेको अग्रता १८ ठाउँमा छ भने माओवादीको १३ ठाउँमा अग्रता छ । नेपाली काँग्रेसले जम्मा ४ ठाउँमा अग्रता लिएको छ । तर अग्रता लिएको ठाउँमा पनि बाम गठबन्धनका उम्मेदवारले कडा टक्कर दिइरहेका छन् । बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका ठाउँमा भने अग्रता फराकिलो छ । यसरी हेर्दा पहिलो चरणको चुनावमा काँग्रेस माओवादी भन्दा पनि पछि पर्ने स्पष्ट संकेत देखिएको छ ।
बाम उम्मेदवार सँग कडा टक्कर गर्ने अनुमान गरिएका सिन्धुपाल्चोक १ मा मोहन बस्नेत भन्दा अग्नी सापकोटा, सोलुखुम्बुमा बल बहादुर केसी भन्दा माओवादीका हेम कुमार राइ धेरै नै अगाडी छन् । यस्तै ओखलढुंगामा रामहरी खतिवडा भन्दा यज्ञराज सुनुवार, नुवाकोट १ मा काँग्रेसका रामशरण महत भन्दा माओवादीका हित बहादुर तामाङ अघि हुनुहुन्छ भने क्षेत्र नम्बर २ मा पनि काँग्रेसका अर्जुननरसिंह केसी भन्दा एमालेका नारायण प्रसाद अतिवडा धेरै नै अगाडी हुनुहुन्छ ।
प्रदेशसभामा पनि एमाले २९ र माओवादी २० ठाउँमा अघि रहँदा कांग्रेस जम्मा ४ ठाउँमा अघि छ ।

 

Share It

Post Comments
थप विशेष