विशेष अघि अघि एमालेका सिंह, पछि पछि काँग्रेसका सिंह
Ujyaalo

बझाङ, मंसिर २२ – बझाङमा झण्डै १४ हजार मत गन्न बाँकी हुँदा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार पृथ्वीबहादुर सिंह बाम गठबन्धनका उम्मेदवार भैरवबहादुर सिंह भन्दा झण्डै ६ हजार मतले पछि पर्नुभएको छ ।

काँग्रेस उम्मेदवार सिंहले २० हजार ८ सय ६७ मत प्राप्त गर्नुभएको छ भने एमालेका भैरवबहादुर सिंहले २६ हजार ४१ मत प्राप्त गर्नुभएको छ । बझाङमा मष्टा गाउँपालिका, थलारा गाउँपालिकाको आधा र छिवसपाथिभेराको आधा वडाको मत मात्र गन्न बाँकी छ । ६६ हजार ९ यि ५९ मत खसेको बझाङमा झण्डै ५३ हजार मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बाजतोलाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई बजे भित्र अन्तिम नतिजा आउनेछ ।

Share It

Post Comments
थप विशेष