विशेष धादिङमा वाम गठबन्धनलाई पछ्याउँदै लोकतान्त्रिक 
Ujyaalo

धादिङ, मंसिर  २२ – प्रतिनिधि र प्रदेशसभाको पछिल्लो मतगणना अनुसार धादिङको दुई प्रतिनिधिसभा र ४ प्रदेशसभामा  वाम गठवन्धनका उम्मेवार अग्रस्थानमा रहेका छन् ।

धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले १५ हजार ९९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका विश्वप्रसाद अर्यालले ६ हजार ८ सय ८७ मतका साथ पछ्याइरहनु भएको छ ।

यसैगरी प्रदेश सभा क मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेले ११ हजार ६ सय ८५ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका मधु श्रेष्ठले ५ हजार २ सय ८० मत ल्याएर पछ्याइरहनु भएको छ । प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका शालिकराम जम्मर कट्टेलले १० हजार २ सय ६६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले ४ हजार ५ सय ७१ मत ल्याएर पछ्याइ रहनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका खेमप्रसाद लोहनीले ९ हजार ९ सय ९५ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका दिलमान पाख्रिनले ८ हजार २ सय १५ त ल्याएर पछ्याउनुभएको छ ।

यसको प्रदेशसभा क मा नेकपा एमालेका डा. रामकुमार अधिकारीले ८ हजार १ सय ९१ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका रमेश धमलाले ८ हजार ९ सय ९९ मत ल्याएर पछ्याउनुभएको छ । 

२ को प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका जगत सिंखडाले ९ हजार ३ सय ३३ मत ल्याउनुभएको छ भने राप्रपाका डम्बर तामाङले ८ हजार ५ सय ३९ मत ल्याएर पछ्याइरहनु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इश्वर सिंखडाले जानकारी दिनुभयो ।  

Share It

Post Comments
थप विशेष