विशेष रोल्पामा क्लिनस्विपको तयारीमा माओवादी, वर्षमान पुन दोब्बर मतले अघि
Ujyaalo

रोल्पा, मंसिर २२ - रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अग्रता कायमै राख्नुभएको छ । । प्रतिनिधिसभाको लागि १ क्षेत्र रहेको रोल्पामा वाम गठबन्धनका तर्फबाट वर्षमान पुनले ६ हजार २ सय ४७ मत ल्याउनुभएको छ भने कांग्रेसका तर्फबाट अमरसिंह पुनले ३ हजार १ सय ३ मत ल्याउनुभएको छ ।
प्रदेशसभा (क)मा माओवादीका कुलप्रसाद केसीले २ हजार ३ सय ७५ र कांग्रेसका शेरबहादुर महराले १७ सय ५ मत ल्यानुभएको छ । यस्तै, प्रदेशसभा (ख)मा माओवादीका दिपेन्द्रकुमार पुनले ४ हजार ८३ र कांग्रेसका खगेन्द्रप्रकाश हमालले १ हजार ९० मत ल्याउनुभएको छ ।
प्रतिनिधिसभाको लागि २ ठाउँमा र प्रदेशसभाको लागि २ ठाउँमा गणना भैरहेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ७० हजार मत खसेको जानकारी दिनुभयो ।

 

 

Share It

Post Comments
थप विशेष