विशेष नवलपुरका २७ वटा मतदान केन्द्रका मतपेटिका अझै मतगणना स्थलमा आएन
Ujyaalo

नवलपरासी, मंसिर २२– नवलपरासीको नवलपुरक्षेत्रको मतपेटिका कावासोती ल्याउने क्रम जारी रहेको छ । नवलपरासीको बुलिङटार गाउँपालिका, बौदिकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको गरी २७ वटा मतदान केन्द्रका मतपेटिकमा  मतगणनास्थलमा अाउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले जानकारी दिनुभयो ।

बाटोमा बिस्फोटक पदार्थ राखिएको हुनसक्ने आशंकामा सुरक्षाकर्मीले बाटोको जाँच गर्दै मतपेटिका बोकेका गाडि ल्याउने गरेकाले पतपेटिका ल्याउन ढिलाई भएको मरासीनीले बताउनुभयो ।

यस अघि मतदान सकिएलगतै मतपेटिका ल्याउने तयारी गरीएको भए पनि पहाडि कच्चि बाटो र सुरक्षा चुनौतीको आशंकमा मतपेटिका नल्याईएको प्रमुख जिल्ला अधिकारी मरासीनीले बताउनुभयो ।

मतपेटिका १ बजेसम्ममा मतगणनास्थलमा आएमा दिउँसो ३ बजेबाट मतगणना प्रारम्भ गर्न सकिने मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको र गणनाको क्रममा कुनै अप्रिय घटना नहोस भन्नका लागि तारजाली समेत लगाउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष