विशेष मोरङका ६ वटै क्षेत्रमा मतगणना सुरु ; चर्चामा क्षेत्र नं. ५ र ६
Ujyaalo

मोरङ, मंसिर २२ – देशकै सबैभन्दा बढी मतदाता रहेको मोरङका सवै क्षेत्रको गणना भइरहेको छ । ६ लाख ४४ हजार ७ सय ८२ मतदाता भएको मोरङमा प्रतिनिधिसभातर्फको मतगणना १८ ठाउँमा भइरहेको मुख्य निर्वाचन अधिकारी राजुप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर ६ को जनसेवा आधाभु्त बिद्यालय कोशी हरैचा ६ (क) मतदान केन्द, महेन्द्र मोरङ (च), श्री मावि मृगौलिया (ग), श्रीखण्ड माबि, सुन्दर हरैचा वडा कार्यालय भवन, महेन्द्र मोरङ (ग), बुढीगंगाको करैया मतदान केन्द्र, नारायण माबि बुढीगंगा र महेन्द्र मोरङ केन्द्रको एकैपटक गणना सुरु भएको हो ।  प्रतिनिधिसभाको मतगणना सकिएलगतै प्रदेशसभाको गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

चर्चामा क्षेत्र नम्बर ५ र ६

मोरङ क्षेत्र नम्बर ६ को गणना शुरु भएसँगै कसले बाजी मार्ला भनेर आँकलन हुन थालेको छ । सँधै कांग्रेसको बर्चश्व रहँदै आएको यो क्षेत्रमा काँग्रेसका डाक्टर शेखर कोइरालालाई बाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका लालबाबु पण्डितले टक्कर दिनुभएको छ ।

त्यस्तै, मोरङ क्षेत्र नम्बर ५ मा त्रिपक्षिय टक्कर छ । नेपाली कांग्रेसका अमृत अर्याल, बाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल र संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवबिच कडा टक्कर हुने आँकलन गरिएको छ । मधेशी समुदायको बाहुल क्षेत्र भएको यो क्षेत्रमा दुईजना यादव समुदायका उम्मेदवारसंग अघिल्लोपटक यही क्षेत्रबाट जितेका अर्याल प्रतिस्पर्धामा हुनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष