
जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वार राजेन्द्र महतोले मतअन्तर बढाउनु भएको छ । पहिलो मत सार्वजनिक हुँदा १३ मतले अघि रहेका राजेन्द्र महतोले दोश्रो पटक मत सार्वजनिक हुँदा २ सय ९५ मतको अग्रता लिनुभएको छ ।
जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनामा राजपाका उम्मेदवार राजेन्द्र महतोले १ हजार ३ सय ५५ मत ल्याउनु भएको छ । निधिले भने १ हजार ६० मत ल्याउनु भएको छ । मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ ।
मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।
Share It
Post Comments
थप विशेष