विशेष दोलखामा वाम गठबन्धन लोकतान्त्रिक भन्दा तेब्बर मतले अघि
Ujyaalo

दोलखा, मंसिर २२ – दोलखामा वाम गठबन्धनले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका पार्वत गुरुङले नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्कालाई ९ हजार भन्दा बढि मतले पछि पार्दै अग्रता कायम राख्नुभएको हो । 

वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका पार्वत गुरुङले १४ हजार ३ सय २४ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार रुद्रबहादुर खड्काले ५ हजार १ सय ७१ मत ल्याउनुभएको छ । खड्काको भन्दा गुरुङले ल्याउनुभएको मत ९ हजार १ सय ५३ ले बढि हो ।

यसैगरि प्रदेश सभा क तर्फ वामगठवन्धनका उम्मेदवार विशाल खड्काले ११ हजार ५ सय २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले ३ हजार ६सय ५३मत प्राप्त गर्नुभएको छ ।


त्यस्तै प्रदेसशभा (ख) तर्फ वाम गठवन्धनका उम्मेदवार पशुपति चौलागाईले ७ हजार ६ सय ९६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार केशवराज चौलागाइले३ हजार ५ सय ९४मत प्राप्त गर्र्नुभएको छ ।

त्यसैगरी नेकपा एमाले छोडेर नेकपा माले बाट उम्मेदवारी दिनु भएका लालकुमार केसि तेश्रो स्थानमा हुनुहुन्छ उहाँले २ हजार ७१ मत प्राप्त गर्र्नुभएको छ ।

 

 

Share It

Post Comments
थप विशेष