उम्मेदवार
केशव प्रसाद दाहाल नेपाली कांग्रेस

नेपाली कांग्रेसका महासमिती सदस्य केशवप्रसाद दाहालको जन्म २००७ साल असोज १३ गते फुङ्लिङमा भएको हो । उहाँले विज्ञान विषयमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । २०३२ सालमा शिक्षण पेसामा आबद्ध हुनु अघि नै उहाँ राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । २७ सालमा ताप्लेजुङमा नै नेपाल विद्यार्थी संघ स्थापना हुँदा सदस्य भएका दाहाल २०३९ सालसम्मै नेवि संघमै सक्रिय हुनुभयो । २०३२ सालमा शिक्षण पेसा सुरु गरेका दाहालले २०४४ सालमा शिक्षण पेसा छोड्नुभयो । बामपन्थीहरु जनपक्षीय उमेद्वार उठाएका बेला २०४४ सालमा उहाँ प्रजातान्त्रिक उमेद्वार बन्नुभयो । उहाँ २०६७ सालदेखि २०७२ सम्म नेपाली कांग्रेसको जिल्ला सभापति पनि बन्नुभएको थियो । २०४८ सालको महाधिवेशनदेखि अहिलेसम्म नेपाली काँग्रेसको महासमिती सदस्य रहेका दाहाल गएको स्थानीय तहको चुनावमा फुङलिङ नगरपालिकाको मेयरमा पराजित हुनुभयो ।

थप उम्मेद्‌वारहरू