उम्मेदवार

२०६४ र ०७० सालको पहिलो र दोस्रो संविधानसभा चुनावमा काठमाडौंबाट पराजित भएका नेकपा एमालेका युवा नेता योगेश भट्टराई योपटक आफ्नै जन्मथलो ताप्लेजुङबाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्नुभएको छ ।

२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँगुमा भीमलाल भट्टराई र महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ । बाममन्थी पारिवारिक पृष्ठभूमी र झापा विद्रोहको प्रभावले राजनीतिमा प्रवेश गरेका भट्टराईको राजनीति एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुबाट सुरु भएको हो ।

२०३७ सालमा अनेरास्ववियुको विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटी रहेर काम गरेका भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभएको छ । अहिले उहाँ नेकपा एमालेको केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख पनि हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू