उम्मेदवार
२०१८ साल चैत ८ गते फिदिम नगरपालिका –१ पाँचथरमा जन्मिएका वसन्तकुमार नेम्वाङ्गले माध्यमिक तहको पढाइ फिदिम मावि, फिदिमबाटै गर्नुभयो । त्यसपछि नेपाल ल क्याम्पसमा पढेका नेम्वाङ्गले बीएल पास गर्नुभएको छ । २०३६ सालमा अखिलको पाचौं सम्मेलनबाट सदस्य भएका नेम्वाङ्ग, सांस्कृतिक उपसमितीको संयोजक पनि बन्नुभयो । २०४७ सालमा पार्टीको सङगठित सदस्यता लिएका उहाँले त्यसपछि निरन्तर जिल्लाको पार्टीले सङगठनमा रहेर काम गर्नुभयो । २०४८ सालको चुनावमा पाँचथर एकबाट निर्वाचित भएका उहाँ २०५१ मा पराजित हुनुभयो । २०५६ सालको चुनावमा भने उहाँ विजयी हुनुभयो । पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनेका नेम्वाङ्ग अहिले नेकपा एमालेको केन्द्रीय जल तथा उर्जा विभागको सचिव हुनुहुन्छ । उहाँले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उहाँको प्रशासन सल्लाहकार भएर पनि काम गर्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू