उम्मेदवार
भीष्म राज आङदेम्वे नेपाली कांग्रेस
कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेको जन्म पाँचथरको नवमीडाँडामा २०२१ साल चैत २२ गते भएको हो । उहाँले विद्यालय तहको पढाई भारतको कालेङपोङबाट पूरा गर्नुभयो । त्यसपछि नेपाल ल क्याम्पसमा भर्ना भएका आङदेम्बेले बीएल पास गर्नुभएको छ । १६ वर्षको हुँदा नै नेपाली कांग्रेस पाँचथरको जिल्ला कार्य समिती सदस्य भएका आङदेम्बे, २०४१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र २०५२÷०५३ सालमा तरुण दलको केन्द्रीय सदस्य हुनुभयो । उहाँ २०४८ सालमा जिल्ला विकास समिती पाँचथरको सदस्य पनि बन्नुभयो । तीनपटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका आङदेम्बे २०७० सालको संविधानसभा चुनावमा पाँचथर क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको हो । सांसद रहँदा उहाँले संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितीका सभापति भएर पनि काम गर्नुभयो । २०५६ र २०६४ को चुनावमा उहाँ पराजित हुनुभएको थियो । उहाँले विभिन्न समयमा गरी झण्डै तीन वर्ष जेल जीवन बिताउनुभएको छ ।
थप उम्मेद्‌वारहरू