उम्मेदवार
एमाले केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम सङ्खुवासभाको चैनपुर–५ फलाटेमा २०१९ साल पुष ५ गते जन्मनुभएको हो । गौतमको राजनीति २०३२ सालमा रातो झण्डा समुहमा आवद्ध भएपछि सुरु भएको थियो । २०३६ सालमा जिल्लामा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका गौतम २०३४ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष हुनुभयो । २०४४ देखि ०४८ सम्म विराटनगरको नगर उप–सचिव भएका गौैतम २०५९ देखि ०६५ नेकपा एमाले कोशी अञ्चल सचिव हुनुभयो । २०६५ देखि नेकपा एमाले कोशी अञ्चल प्रमुख रहेका गौतम अहिले नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सचिव हुनुहुन्छ । उहाँले मानविकी संकायबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँ २०७० सालको संविधानसभा चुनावमा संखुवासभा–२ बाट पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू