उम्मेदवार
वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका सुदन किराँतीको जन्म २०३५ साल फागुन १२ गते हङकङको सेकङ्गमा भएको हो । बुवा हर्कराज राई र आमा रक्षाकुमारी राईका छोरा सुदन किराँतीले कक्षा १० सम्मको अध्ययन भोजपुरको पञ्जकन्या मावि भुल्के, पिपलचौरबाट गर्नुभयो । उच्च शिक्षाको लागि भोजपुर बहुमुखी क्याम्पसमा भर्ना भएपनि उहाँको शिक्षा त्यसपछि अगाडि बढ्न सकेन । उहाँको राजनीतिक यात्रा खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाबाट सुरु भएको हो । उहाँ २०५६ सालदेखि २०६० सम्म खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको महासचिव र किराँत वर्कस पार्टीको सदस्य रहँदा भूमिगत पनि हुनुभयो । किराँत वर्कस पार्टी माओवादीमा एकीकरण भएपछि उहाँ पनि माओवादी बन्नुभयो । २०६४ सालको संविधानसभा चुनावमा तत्कालिक एकीकृत नेकपा माओवादीबाट भोजपुर क्षेत्र नम्वर २ बाट १७ हजार ५ सय ७८ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको थियो । उहाँले त्यतिबेला नेकपा एमालेका शेरधन राईलाई हराउनुभएको हो । अहिले उहाँ नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य र २०७३ भोजपुर जिल्लाको इन्चार्ज हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू