उम्मेदवार
उमेश जंग रायमाझी नेपाली कांग्रेस
भोजपुरबाट प्रतिनिधिसभामा उम्मेदवार उमेशजंग रायमाझीको जन्म झापाको गौरीगञ्जमा भएको हो । अहिले उहाँ भोजपुर नगरपालिका–१ मा बस्नुहुन्छ । २०२४ साल वैशाख १ गते जन्मिएका रायमाझीले कक्षा ७ सम्म विराटनगरको गोग्रा माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो । ८ कक्षामा भोजपुरको प्याउलीमा रहेको शारदा माविमा भर्ना भएका रायमाझीले त्यहाँ अध्यन गर्नुभएन । उहाँले त्यही वर्ष भोजपुरकै विद्योदय माविमा भर्ना भएर त्यहीँबाट एसएससी पास गर्नुभयो । त्यसपछिको पढाइका लागि मोरङ क्याम्पसमा भर्ना भएपनि उहाँले बीएलसम्मको पढाइ भने काठमाडौंको नेपाल ल क्याम्पसबाट गर्नुभयो । २०३६ को जनमत संग्रहको बेला विश्वेश्वर प्रसाद कोइरालालाई एक कार्यक्रममा फूल दिएपछि उहाँबाटै प्रभावित भएर आफू कांग्रेसमा आबद्ध भएको रायमाझी बताउनुहुन्छ । अहिलेसम्म सांसद र मन्त्री नरहेका रायमाझी २०५६ सालदेखि नेपाली कांग्रेसको महासमिती सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू