उम्मेदवार

२०६४ साल पहिलो संविधानसभाको चुनावमा पराजित र २०७० सालको दोस्रो संविधानसभामा विजयी भएका नेपाली कांग्रेसका केन्द्र्रीय सदस्य बलबहादुर केसी प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्नुभएको छ । २०१० साल साउन २ गते सोलुखुम्बुको सल्यान –३ मा जन्मिएका केसीले विद्यार्थी संगठनबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो ।

२०२७ सालमा नेविसंघ, महेन्द्ररत्न क्याम्पसको सभापति पद सम्हालेका केसी २०४० देखि ४४ सालसम्म नेविसंघको केन्द्रीय अध्यक्ष हुनुभयो ।उहाँले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघको तर्फबाट नेतृत्व गर्नुभएको थियो ।  

उहाँ नेपाली कांग्रेस, सोलुखुम्बुको सचिव पनि हुनुभयो । बहुदलीय व्यवस्था पछिको पहिलो आम चुनावमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका केसीले त्यसपछिका मध्यावधी चुनाव २०५१ र २०५६ सालमा समेत सोलुखुम्बुबाट लगातार जीत हासिल गर्नुभयो ।

उहाँ तीनपटक मन्त्री पनि बन्नुभएको छ । २०५३ सालमा युवा खेलकुद तथा संस्कृती मन्त्री बनेका केसी २०५६ सालमा आवास तथा भौतिक योजना मन्त्री र २०५८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो । २०४९ सालदेखि हालसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा रहेका केसीले २०४२ सालमा सत्यग्रह आन्दोलनको संयोजक भएर काम गर्नुभएको थियो । २०६२/०६३ को जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौंको चावहिल क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका केसी पटक पटक गरी ७ वर्ष जेल बस्नुभएको छ ।

थप उम्मेद्‌वारहरू