उम्मेदवार
नयाँशक्ति पार्टीका संस्थापकमध्येका एक मदन राईले नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नुभएको हो । २००६ साल साउन ३ गते खोटाङको साकेला गाउँपालिकाको रतन्छामा जन्मिएका राईले २०३८ सालदेखि पञ्चायतको पक्षमा लागेर राजनीति गर्नुभयो । उहाँ २०४६ सालपछि कांग्रेसमा प्रवेश गर्नुभएको थियो । रतन्छाकै साकेला माविबाट प्राथमिक तहको पढाइ पूरा गरेका राईले एसएलसी भने विद्योदय मावि भोजपुरबाट पास गर्नुभएको हो । प्रमाणपत्र र स्नातक तह भारत राजस्थानको उदयपुर विश्वविद्यालयबाट पूरा गरेका राईले बेलायतबाट स्नातकोत्तर तह पास गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा पनि स्नातकोत्तर गर्नुभएको छ । २०६४ सालको पहिलो संविधानसभामा कांग्रेसबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका मदन राई २०७३ सालको जेठ ३० गते नयाँ शक्ति पार्टी गठन हुँदा संस्थापकका रुपमा नयाँशक्तिमा प्रवेश गर्नुभएको हो । उहाँ कृषि वैज्ञानिक समेत हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू