उम्मेदवार
२०१३ साल फागुन २१ गते ओखलढुंगा बजारमा जन्मिएकी सरस्वति बजिमय पहिलोपटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएको हो । उहाँले कक्षा ८ सम्म ओखलढुंगाकै सगरमाथा मावि र एसएलसी बरुणेश्वर मावि रामपुरबाट पास गर्नुभयो । प्राइभेटबाट आइ.ए र त्रिचन्द्र कलेजबाट वी.ए पास गरेकी सरस्वति बिहे गरेर खोटाङ पुग्नुभएको हो । उहाँको राजनीतिक यात्रा महिला संघबाट सुरु भएको हो । २०३६ सालको जनमत संग्रहपछि महिला संघमा प्रवेश गरेकी बजिमय संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला बिभागको केन्द्रीय सदस्य पनि बनिसक्नुभएको छ । २०७० सालको संविधानसभाको दोस्रो चुनावमा समानुपातिक सांसद बनेकी बजिमय अहिले नेपाली कांग्रेसको महासमिती सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू