उम्मेदवार
दोस्रो संविधानसभा चुनावमा १३ हजार ९ सय ४ मतका साथ विजयी रामहरी खतिवडा अहिले नेपाली कांग्रेसको महासमिती सदस्य हुनुहुन्छ । २०२६ साल पुष २४ गते ओखलढुङ्गाको तत्कालीन थाक्ले गाविस वडा नम्वर २ जन्मिनुभएको हो । उहाँका बुबाको नाम जीवनाथ र आमाको नाम यशोदा खतिवडा हो । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक पास गरेका खतिवडा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं पसेर २०४२ सालदेखि राजनीतिमा लाग्नु भएको हो । तत्कालीन अवस्थामा प्रतिबन्धित रहेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको संगतले राजनीतिमा लागेका खतिवडा भट्टराईलाई आदर्श मान्नुहुन्छ । २०४५ सालमा नेपाली कांग्रेस, ओखलढुङ्गाका कार्यसमिति सदस्य चुनिएका खतिवडा २०४८ सालदेखि हालसम्म नेपाली कांग्रेसको महासमिती सदस्य हुनुहुन्छ । उहाँ २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ताको बागडोर हातमा लिएपछि त्यसको बिरोध गर्ने क्रममा उहाँ ६ महिना हिरासतमा बस्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू