उम्मेदवार
२०६४ सालको संविधानसभा चुनावमा पराजित र २०७० सालको दोस्रो संविधानसभामा जित हात पारेका यज्ञराज सुनुवार यसपटक प्रनिधिसभाको चुनावमा उम्मेदवार बन्नुभएको छ । २०२९ साल कात्तिक ३ गते ओखलढुङ्गाको श्रीचौर २ लिस्पुमा जन्मिएका सुनुवारले २०४५ सालदेखि अनेरस्ववियुबाट राजनीति सुरु गर्नुभएको हो । उहाँ २०४६ सालमा भएको जनआन्दोलनताका संयुक्त बाम मोर्चा ओखलढुङ्गाको ईलाका सचिव हुनुहुन्थ्यो । २०५३ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंमा स्ववियू सभापति रहेका सुनुवार २०५७ सालमा महेन्द्ररत्न क्याम्पस ताहचलको पनि स्ववियू सभापति हुनुभयो । २०५७ सालदेखि २०६० सालसम्म त्रिवि परिषदको सभाषद रहेका सुनुवार २०५८ देखि २०६० सालसम्म स्ववियू काउन्सिलको पनि संयोजक हुनुहुन्थ्यो । उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । २०६१ माघ १९ मा काठमाडौंमा तत्कालीन राजा ज्ञानेन्द्रको कदमको बिरोध गर्दा पक्राउ परेका सुनुवार २०६२ साल वैशाखमा रिहा हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू