उम्मेदवार
रुद्र बहादुर खड्का नेपाली कांग्रेस
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा चुनावका उम्मेदवार रुद्रबहादुर खड्का हाल पार्टीको जिल्ला सभापति हुनुहुन्छ । २०७२ सालमा जिल्ला सभापति बनेका खड्काको राजनीतिक यात्रा २०३० सालदेखि नेपाल विद्यार्थी संघबाट सुरु भएको हो । २०१७ साल असार २९ गते गौरीशंकर गाउँपालिका वडा नम्बर ४, झ्याकुमा जन्मिएका खड्का नेविसंघको विद्यार्थी नेता हुँदै २०४३ जिल्ला पञ्चायत सदस्य, २०४९ जिल्ला विकास समितीको सभापति र २०७२ सालमा नेपाली काङ्ग्रेस दोलखाको सभापति बन्नुभएको हो । पहिलोपटक प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका खड्काले एसएलसीसम्मको पढाई जिरी उच्चमावि जिरीबाट गर्नुभएको हो भने पुल्चोक इन्जिनियरीङ कलेज, ललितपुरमा पनि अध्ययन गर्नुभएको छ । उहाँ अहिले काठमाण्डौ महानगरपालिका कुमारीगाल–८ मा बस्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू