उम्मेदवार
प्रतिनिधिसभाको चुनावमा दोलखाबाट उम्मेदवार बनेका पार्वत गुरुङ नेकपा एमालेको केन्द्रीय सदस्यसँगै दोलखाको इन्चार्ज हुनुहुन्छ । उहाँको राजनीतिक यात्रा विद्यालयदेखि नै सुरु भएको हो । २०३७ सालमा विद्यार्थीकालमा अनेरास्ववियूमार्फत राजनीति सुरु गरेका उहाँ अनेरास्ववियु दोलखाको पहिलो जिल्ला कमिटी सदस्य बन्नुभयो । शान्ति आदर्श माविबाट एसएलसी र महेन्द्ररत्न क्याम्पस ताहाचलबाट बीएडसम्मको अध्ययन गरेका गुरुङले राजनीति शास्त्रमा स्नातक तह र आयुर्वेद क्याम्पसबाट आयुर्वेद चिकित्शाशास्त्रको पनि अध्ययन सक्नुभएको छ । २०४६ सालमा नेकपा एमालेको सुरी गाउँ कमिटी सचिव, २०५४ सालमा जिल्ला विकास समितीको सदस्य भएका गुरुङ २०६६ सालमा जिल्ला कमिटी दोलखाको अध्यक्ष हुदै २०७० सालको संविधानसभाको चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभयो ।
थप उम्मेद्‌वारहरू