उम्मेदवार
वाम गठबन्धनबाट रसुवाको प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका जनार्दन ढकाल एमाले संसदीय विभागको सदस्य हुनुहुन्छ । उहाँले एमाले रसुवाको सचिवालय सदस्यको रुपमा पनि काम गर्दै आउनुभएको छ । २०२९ साल वैशाख ९ गते रसुवाको कालिका २ मा जन्मिएका जनार्दन ढकालले विद्यालय तहको पढाई कालिका हिमालय माध्यमिक विद्यालयबाट गर्नुभयो । वन विज्ञान अध्ययन संस्थान, हेटौंडाबाट आइएस्सी र नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट स्नातक तहसम्मको शिक्षा पूरा गर्नुभएको छ । ढकालको राजनीतिक यात्रा २०४७ सालबाट सुरु भएको हो । अनेरास्ववियुको प्रारम्भिक समितिको सदस्यबाट राजनीति सुरु गरेका ढकालले २०७० सालको संविधानसभा चुनावमा जित हासिल गर्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू