उम्मेदवार
नेपाली कांग्रेसका तर्फबाट रसुवामा प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएका मोहन आचार्य २०३३ साल चैत २९ गते रसुवाको उत्तरगयामा जन्मनु भएको हो । इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका आचार्यले सिदार्थ बनस्थली, बालाजु काठमाडौंबाट एसएलसी पास गर्नुभयो भने पछिको पढाई भारत र फिलिपिन्समा पूरा गर्नुभएको हो । उहाँको राजनीतिक यात्रा २०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएपछि सुरु भएको हो । यसअघि कुनै पनि चुनावमा सहभागी नभएका आचार्य अहिले नेपाली कांग्रेसको रसुवा जिल्ला महासमिति सदस्य रहनु भएको छ ।
थप उम्मेद्‌वारहरू