उम्मेदवार
विश्व प्रसाद अर्याल नेपाली कांग्रेस
धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रसाद अर्याल अहिले नेपाली काँग्रेसको महासमिती सदस्य हुनुहुन्छ । २०२५ साल चैत २६ गते धादिङको थाक्रे मल्डोङमा जन्मिएका अर्यालले कक्षा ७ सम्म सिम्लेको महाकाली माविमा अध्ययन गर्नुभयो । एसएलसी भने उहाँले मछिन्द्र मावि खानीखोलाबाट दिनुभयो । एसएलसीपछि पढाइका लागि काठमाडौं छिरेका विश्वप्रसाद अर्यालले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक गर्नुभएको छ । उहाँले कानुन विषय अध्ययनका लागि ल क्याम्पसमा भर्ना भएपनि अध्ययन पुरा गर्न पाउनुभएन । बहुदलीय व्यवस्था हुँदादेखि नै राजनीतिक क्रियाकलापमा लागेका उहाँको सक्रिय राजनीति भने २०४८ सालदेखि सुरु भयो । नेपाली काँग्रेसको जिल्ला कार्यसमितीमा रहेर काम गरिरहेका उहाँ २०४८ सालमा नेपाली काँग्रेस क्षेत्री कार्य समिती सचिव हुनुभयो । पार्टीको महाधिवेश प्रतिनिधि पनि भएका अर्याल अहिले महासमिती सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू